१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको जारी मतगणना अनुसार एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।
गणना भएको १८ हजार ९४८ मतमा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।
नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।
रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् ।