कोरोना संक्रमितको संख्या बढ्दो आज मात्रै ११४ संक्रमित थपिए

जेठ १४, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण नेपालमा तीव्र रूपमा फैलिन थालेको छ । आज अहिलेको यस समयसम्म मात्रै ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्

आजम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।