सहकारी ठगीको आरोप लागेका व्यक्तिहरु नै सत्तामा, पीडित बचतकर्ताहरुले कसरी पाउलान् न्याय ?

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उनी नेतृत्वको सरकारमा तीन मन्त्रीलाई सहकारी ठगीको आरोप लागेको छ । गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र श्रममन्त्री डोलबहादुर अर्याल (डीपी) माथि सहकारीको रकम हिनामिना गरेको आरोप छ ।

मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौं सर्वसाधारणको ३९ खर्ब रकम डुबेको छ । त्यसमा यी तीन मन्त्रीहरुको पनि नाम छ । बचतकर्ताको करोडौं रकम पचाएको उनीहरु माथि आरोप लाग्दै आएको छ । बिडम्बना प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा जोडिएका आफ्रनै सरकारमा भएका मन्त्रीहरुमाथि कारबाही थालेका छैनन् ।

अनि यस्तो व्यक्तिले सहकारीका सञ्चालक, अध्यक्षलाई पक्राउ गर्छ र पीडितहरुले न्याय पाउँछन् भनेर सर्वसाधारण कसरी विश्वास गर्ने ? बचतकर्ताहरुको सडकमा बाँस भएको छ । सहकारीमै पैसा राखेका कारण उनीहरुको घरपरिवारसँगको सम्बन्ध बिग्रिएको छ । कतिपय त घरबाटै निकालिएका छन् । आफ्नो सम्पत्ति त खाइदियो नै सहकारीले सँगै परिवार समेत गुमाउनुपप्यो ।

यता, सहकारी ठगीको आरोप लागेका मन्त्रीहरु भने झण्डावाला गाडी चढेर हिँिडरहेका छन् । अब सर्वसाधारण प्रधानमन्त्री प्रचण्डमाथि विश्वास गर्दैनन् न त केपी ओलीमाथि नै । यत्रो बचतकर्ताको करोडौं रकम खाएको आरोप लाग्दा वा प्रमाण नै हुदाँ समेत किन यी तीन मन्त्रीलाई बर्खास्त गरिएन । किन छानबिनका लागि समिति गठन गरिएन ?

उल्टै प्रधानमन्त्री प्रचण्ड र ओली उनीहरुको सपोर्टमा लागिपरेका छन् । सत्ता टिकाउन यीनीहरु जे पनि गर्छन् भन्ने कुरा अहिले सावित भइसकेको छ । सहकारीका सञ्चालक, अध्यक्षहरु बचतकर्ताको रकम खाएर भाग्दा समेत सरकारले कारबाही नगरेको भन्दै सर्वसाधारण आक्रोश पोख्छन् । हिजो सहकारी खोल्न सरकारले लाइसेन्स दिएको हो ।

तर, अहिले यत्रो करोडौं बचतकर्ताको खर्बो रकम सहकारीका सञ्चालक, अध्यक्षहरुले खाइदिँदा पनि सरकारले चासो नदिँदा सर्वसाधारणको सरकारबाट विश्वास उठेको छ । देशमा सरकार पनि छ र ? भन्ने जनमानसको मनमा उठिसकेको छ । सहकारीले बचतकर्ताको बिल्लीबाँठ बनाएको देखेर अहिले बैंकमा पैसा निकाल्नेको भीड छ ।

सहकारीझैं बैंक पनि कतै डुब्ने त होइन ? भन्ने डर सर्वसाधारणमा उत्पन्न भइसक्यो । सहकारी डुब्दा सरकारले चासो दिएन । बचतकर्ताहरुको लागि केही गरेन । त्यसैले, अहिले सर्वसाधारण आफैं चलाख भएका छन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंक खोल्न स्वीकृति दिएको हो । सहकारीबाट यत्रो बचतकर्ता ठगिँदा समेत सहकारीमन्त्री बलराम अधिकारीले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालक, अध्यक्षलाई पक्राउगर्न सीआईबीलाई पत्र लेखेनन् ।

न त अब सहकारीमा बचत नगर्नुस् भनेर सार्वजनिक सूचना नै निकाले, उनले । सहकारी विभागका महानिर्देशक पित्ताम्बर घिमिरेले पनि निक्षेप फिर्ता नगर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गर्न टिप्पणी उठाएर मन्त्रालय पठाएनन् । पीडित बचतकर्ताहरु कहिले मन्त्रालय, कहिले विभाग त कहिले स्थानीय तह र प्रहरी चौकी । उनीहरु विभिन्न निकाय धाएको पनि दुई वर्ष भइसक्यो ।

सहकारी पीडित बचतकर्ताहरुले माइतीघर मण्डलामा ६२ दिन आन्दोलन गरे । आन्दोलनले भयावह रुप लिने भएपछि सरकारले सात बुँदे सहमति गर्यो । तर, सहमति कार्यान्वयन नभएपछि पीडित बचतकर्ताहरु फेरि सडकमा उत्र्रिए । महिनौं दिन संघर्ष गरे । अनशन गरे । र, सरकारले फेरि पनि आठ बुँदे सहमति गर्यो । यद्यपि, सहकारीबमोजिम केही कार्य भएको
छैन ।

अहिलेसम्म बचतकर्ताको निक्षेप फिर्ता नगर्ने सहकारीका सञ्चालक, अध्यक्षलाई सरकारले समातेको छैन । उल्टै सहकारी ठगीमा जोडिएका व्यक्तिहरु सत्ताको रस चाखिरहेका छन् । घरैपिच्छे सहकारी पीडितहरु छन । सहकारीले नठगेको मान्छे नै भेटिदैन । सहकारीहरु ठग, चोर हुन् भनेर बुझे । तर, ढिलो बुझे । आफु डुबेपछि मात्र उनीहरुले यो कुरा थाहा पाए ।

पछिल्लो समय बजारमा सहकारी नै भेटिँदैन । सबै सहकारी भागिसकेका छन् । नभागेकाहरु पनि भाग्ने तयारीमा छन् । सहकारीमा बचत गरेर डुबेका पीडितहरु अहिले आफ्ना आफन्त, साथीभाइहरुलाई भन्छन्, ‘अब बैंक पनि टाट पल्टिन्छ । हामी त डुबिहाल्यौं । तपाईहरु चाँहि सतर्क हुनु ।’ अहिले बैंकमा कर्जा प्रवाह ठप्प छ । कर्जा माग्न कोही जाँदैन ।

कर्जा प्रवाहसँगै अहिले बैंकमा बचतकर्ता गर्नेहरु पनि घट्दो छन् । बचतकर्ताहरु डिपोजिट गर्नुभन्दा निकालिरहेका छन् । सहकारी किन डुब्यो ? भनेर अहिले सर्वसाधारण र सरकारले नै थाहा पाएको छ । सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा गर्दा सहकारी भाग्नुपप्यो । अनि बैंकको पनि लगानी यीनै तीन क्षेत्रमा त छ ।

त्यसैले, अहिले बैंक टाट पल्टिने संकेत देखिँदै गएको छ । घरजग्गा, गाडी र सेयर दलालीहरुले आफ्नो फाइदाको लागि सहकारी डुबाइदिए, बैंक टाट पल्टाइदिए र सर्वसाधारणको कन्तबिजोग बनाइदिए । अटो व्यवसायीहरु भारतमा एक लाखमा पाइने गाडी नेपाल ल्याएर पचास लाखसम्ममा बेचे ।

जग्गा दलालीहरुले खेतीयोग्य जमिन प्लाटिङ गरेर आनाको पाँच हजार नपर्ने जमिन लाखौंमा बेचिदिए । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर ३५ सयमा बेचे । अहिले यो क्षेत्रमा पूरै मन्दी छ । बजारमा सबै बेच्न चाहने मात्र भेटिन्छन् तर किन्ने कोही छैन । ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा
छ ।

बैंकबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेकाहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकको ऋण दिनप्रति दिन बढ्दै गएको छ । तर, तिर्न पैसा छैन । अर्कोतर्फ धितो पनि बिक्री भइरहेको छैन । यता, बैंकले लिलाम गरेको घरजग्गा, गाडी र सेयर पनि किन्ने कोही छैन । बजारमा मन्दीका कारण घरहरु धमाधम खाली भइरहेका छन् ।

कोठा, सटर र फ्रल्याट दिनहुँ खाली हुँदै गएको छ । पाँच सय र हजारको नोट पनि हाहाकार हुन थालिसक्यो । मानिसहरुले सबै पैसा लुकाइसकेका छन् । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेपनि कारोबार बढेन । सेयरमा लगाइएको १२ करोड कर्जा सीमा हटाउँदा समेत कारोबार बढ्न सकेन । पहिला भ्यालसिनको आधारमा ५० प्रतिशत कर्जा दिने गरिएकोमा बढाएर ८० प्रतिशत पुप्याउँदा समेत गाडीको किनबेचमा पनि सुधार आएन ।

अहिले व्यापारीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो, बहनी हुँदैन । अब सटर छोड्छौं ।’ यता काम गरेको ठाउँमा वर्षैदेखि तलब दिएको छैन । अहिले बैंकमा पैसा राख्नुहुन्न, बैंक पनि सहकारीकै हालतमा पुग्छ भनेर जनता प्रष्ट भइसकेका छन् । सरकारले निर्माण व्यवसायी र दुग्ध किसानको अर्बौ भुक्तानी दिएको छैन । विदेशीसँग २७ खर्ब ऋण लिइसक्यो, सरकारले ।

यसको साँवाब्याज तिर्न सरकारसँग आम्दानीको स्रोत छैन । राज्यको ढुकुटीमा राजस्व उठ्न छोडिसक्यो । फेरि सरकारी कर्मचारी र जनप्रतिनिधिलाई त जसरी भएपनि तलबभत्ता, पेन्सन दिनै पप्यो । अहिले सर्वसाधारण भन्छन्, ‘सरकार अब खर्च धान्न बैंकको पैसा चलाउँछ ।’ र, आफुहरुको पैसा फिर्ता नआउने भनेर बचतकर्ताहरु आत्तिएका छन् ।

अहिले बैंकका बचतकर्ताहरुको निद्रा र भोक नै हराएको छ । अधिंकाश बचतकर्ताहरुले आफ्नो बचत निकाल्न थालिसके । ब्याजको प्रलोभनमा नपरी धमाधम बचतकर्ताहरु निक्षेप निकालिरहेका छन् । किनकि सहकारीले यत्रो बचतकर्ताको खर्बौ रकम डुबाइदिँदा त केही नगरेको सरकारले बैंक टाट पल्टिदा बचतकर्ताहरुलाई न्याय दिन्छ भनेर जनताले कसरी पत्याउने ? कसरी विश्वास गर्ने ?

हावा नआई रुखको पात हल्लिँदैन । अहिले बैंक डुब्यो भनेर बजारमा भव्य हल्ला चलिसकेको छ । अनि बैंक नडुबिकन कसरी यो हल्ला चल्छ त ? राष्ट्र बैंक बैंकमा पैसा थुप्रियो भन्छ । तर, कसरी पैसा बजारमा पठाइएको थियो ? र, त्यसमध्ये कति बैंकमा थुप्रियो ? भनेर राष्ट्र बैंक भन्दैन । बैंक डुबेपनि राष्ट्र बैंक जनतालाई भ्रममा पारिरहेको छ ।

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरले बैंक डुबेको छैन भनेर जतिसुकै भनेपनि अब जनता पत्याउने छैनन् । किनकि बैंक डुबेको बजारले नै देखाइसकेको छ । घरजग्गा, गाडी र सेयरको मूल्य घट्दै गएको छ । फेरि बैंकको सम्पूर्ण कर्जा लगानी पनि यीनै क्षेत्रमा छ । अनि बैंक डुब्दैन् भनेर सरकारसँग के आधार छ ?

केही दिनअघि एनआईसी एसिया बैंकले एक सूचना प्रकाशित गर्दै कर्जा तिर्नेलाई २० प्रतिशत छुटसँगै ब्याज, पेनाल्टी समेत दिनुनपर्ने भन्यो । यसबाटै बैंक डुब्यो भनेर छलंग भइसक्यो । र, आम सर्वसाधारणले पनि यो कुरा बुझिसकेका छन् ।