महेश बस्नेतविरुद्ध परेको उजुरी तामेलीमा राख्न सिफारिस

काठमाडौँ । पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतविरुद्ध परेको उजुरीप्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ । साथै प्रहरीले प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको छ ।

काठमाडौँ प्रहरी परिसरमा हुलाक मार्फत पूर्वमन्त्री बस्नेत विरुद्ध फौजदारी कसुरमा उजुरी परेको थियो । मुलुकी अपराध संहिता–२०७४ अनुसार बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी केही दिनअघि सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो ।