निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

जनकपुरधाम, जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार  सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भाव को ठाडो उल्लंघन हो बताएका छन् ।