(एमाले) को सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे पार्टी कार्यालय च्यासला बस्न लागेको हो ।

आजको बैठकमा तीन वटा विषयमा छलफल हुनेछ।

एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ। ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन्। बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ।

यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम—२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो।