कर्णाली प्रदेश सरकार गठनको दाबी पेशको आज अन्तिम दिन भागबण्डा मिलाउन कसरत

केन्द्रमा फेरिएका सत्तासमीकरणसँगै प्रदेशहरुमा समेत सत्तासमीकरण फेरिने क्रममा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले राजीनामा दिएर एमालेका यामलाल कडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

तर पनि मन्त्री भागबण्डा र अन्य विषयमा कुरा नमिल्दा सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो तर पनि मेसो मिलेको छैन यामलाललाई ।

मुख्यमन्त्रीमा चैत्र २१ राजीनामा दिएपपिछ प्रदेश प्रमुखले अर्को सरकार दावी पेश गर्न आज सम्मको म्याद दिएका थिए । जो समय आज सकिदैछ ।

प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले छोडेपछि प्रदेश सभाको सभामुख र महत्त्वपूर्ण चारवटा मन्त्रालय आफ्नो भागमा हुनुपर्ने माग गरेको छ।

त्यसैले माओवादी र एमालेबीच भागबण्डा नमिल्दा सरकार बनाउन दाबी मागको अन्तिम दिनसम्म पनि मुख्यमन्त्रीका लागि दाबी पेश हुन सकेको छैन ।