कञ्चनपुरको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको निधन

१४ जेठ, कैलाली । कञ्चनपुरमा कोरोना भाइरसको रोगथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर–७ का अध्यक्ष कल्लु रानाको हिजो मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ । ‘शवको पोष्टमार्टम हुन्छ त्यसपछि स्वाब संकलन गर्छौं’ अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताएका छन् ।