नेपाल ‘ए’ले एकदिवसीय खेलको आज अन्तिम खेल आयरल्यान्ड ‘ए’सँग खेल्दै

काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय खेलको आज अन्तिम खेल आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल अहिले बिहान ९ः३० बजे त्रिवि मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अलआउट भएको थियो । यस्तै, दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अलआउट भएको थियो ।

नेपालका सिनियर टोलीका भीम सार्की, आरिफ शेख, अर्जुन साउद र देव खनालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । विकास आग्री, रुपेश सिंह र रजिञ्त कुमारले अन्तिम खेलमा मौका पाउन सक्छन् । सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिनस्वीपबाट बच्न चाहन्छ । नेपाली ब्याटरले क्रिजमा धैर्यता र जिम्मेवारी देखाउनुपर्ने हुन्छ ।

नेपालको सिनियर टोलीले आज भारतमा एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग
खेल्दैछ । खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ ।