विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जित्यो

२५ चैत, विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ । विराटनगरको शहीद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २(० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको घरेलु टिम सांग्रीलाले पाँच लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएकामध्ये शहीद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको
छ । यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेको छ ।