देशभरमा 10,892 मतदान स्थल स्वीकृत

निर्वाचन आयोगको आज बसेको बैठकबाट देशभरमा 10,892 मतदान स्थल स्वीकृत भएको छ। साथै आउँदो वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलाम जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र एवम् बझाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको जानकारी दिएको छ ।