आयरल्यान्ड ‘वुल्भ्स’ र नेपाल ‘ए’ बिच आज दोस्रो एकदिवसीय खेल हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘वुल्भ्स’ र नेपाल ‘ए’ बिच आज दोस्रो एकदिवसीय खेल हुँदै छ । पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
पहिलो एकदिवसीय खेलमा नेपाललाई  आयरल्यान्ड ले २१ रनले पराजित भएको थियो । त्यसअघि आयरल्यान्डले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृङ्खला २–१ ले जितेको थियो ।