Breaking News

सत्ता गठबन्धनमा सहमति सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो

२० चैत, काठमाडौं । सत्ता गठबन्धनको आज बसेको बैठकले प्रदेश भागबण्ड लगभग सकेको छ । अब सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ ।

प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए ।

सबै प्रदेशमा आलोपालो गर्ने सहमति भएको छ । पहिलो चरणमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगियो ।

पहिलो चरणमा कुन प्रदेशमा कसको नेतृत्व :

कोशी : एमाले

मधेश : जसपा

बागमती : माओवादी

गण्डकी : एमाले

लुम्बिनी : माओवादी

कर्णाली :  एमाले

सुदूरपश्चिम : नाउपा