बागमती सरकार जोगाउन ५ बुँदे सहमति : हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री नियुक्त

मकवानपुर । केन्द्रममा सत्तासमीकरण परिर्वतनसँगै प्रदेश सरकारमा समेत फेरबदेलसँगै कुनै प्रदेश सरकारले आफ्नो सरकार जोगाउन नै हम्मेहम्मे परेको बेला बागमती प्रदेश सरकार पनि अप्ठेरोमा रहेको बेला हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्मरकट्टेललाई समर्थन गर्दै सरकारमा प्रवेश गरेको छ ।

बागमती सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् । सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि मन्त्री बन्न र सत्ता जोगाउन बागमती प्रदेशमा ५ बुँदे निर्णय भएको थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच मन्त्री बन्न र सत्ता जोगाउन ५ बुँदे सहमति भएको हो ।

बज्राचार्य तीन वटा सर्त पूरा गर्ने आश्वासनका साथ जम्कट्टेललाई समर्थन गर्न राजी भएको बताइएको छ ।