२१औं शताब्दीमा पनि जातीय कलह !

पश्चिम रुकुम चौरजहारी नगरपालिका वार्ड नम्बर–८ अन्र्तगत सोती गाउँमा भएको जातीय हिंसा भट्काउने खालको नरसंहारपूर्ण घटनामा जाजरकोट भेरी न. पा.– ४ निबासी नवराज बि.क. वडा नं १ का टिकाराम बि.क, लगायत ३ जना ब्याक्तिको ज्यान गएको र अन्य केही ब्याक्ति भेरी नदीमा बेपत्ता भएको घटनाले मर्माहित तुल्याएको छ । यस दुःखको घडीमा मृत आत्मको चिरशान्तिको कामना ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्त जनमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै सोकाकुल परिवारमा धेरैधारणको कामना समेत ।
एकासैँशताब्दीमा पनि यस प्रकारको दुःखद घटनामा जातीय अपराधले समाजलाई कता लैजान्छ । यस्ता खालका अमानवीय घटनामा संलग्न सम्पुर्ण अपराधीहरुलाई हदैसम्मको काबारही गरिनुपर्छ । पीडित पक्षले उचित क्षेतिपुर्ती सहित आगामी दिनमा देशको कुनै पनि स्थानमा जातीय बिभेदका घटना नहुने प्रत्यभूती सरकारले दिनुपर्छ ।

त्यस क्षेत्रमा रहेका सम्पुर्ण अधिकार कर्मी ,बुद्धिजिबि बर्ग अनि स्थानीय सरकारले उल्लेखनीय भूमिका खेल्नु पर्छ ! समाजमा रहेका हरेक युवा, अभियानता, अधिकारकार्मी, संचारकर्मी एकताबद्ध भएर यस्ता छुवाछूत युक्त भाइरसका बिरुद्ध लडन जरुरी छ । कुनै नायिकाले बोल्दै गर्दा जिब्रो लरबरियर अलि फरक टोन बोल्दा राष्ट्रियता बिरोधी भनी ५ फिट उफ्रिने नपुंसक मान्छेहरु पनि यो बेला दलित समुदायको उत्थान र अधिकारको लागि बोल्न हिन हिच्किचाहट ।

सोही क्षेत्रमा २०५२ बाट जनयुद्धको शंखघोष गरी जातीय छुवाछूतको अत्न्य हुने भए आज आएर फेरि जातीय विभेद उजागार भएको छ । जुनठाउँमा जनयुद्धले दलितकै सहभागीतामा सफलता पायो त्यही ठाउँमा दलितमाथि जातीय विधेद गरिन्छन भने आखिर जनयुद्धको अर्थ के त ? अहिलेका नेकपा स्थायकी समिति सदस्य तथा भूतपूर्व गृहमन्त्री समेत रहेका जनार्जन शर्मा (प्रभावर) समेत निर्वाचित भएको निर्वाचत क्षेत्र हो । अझ कयौं कम्युनिष्ट नेता जन्माएको जिल्ला पनि भएको ठाउँमा यस्तो जघन्य जातीय बिधेद हुँदा कम्युनिष्ट सरकारले के हेरिरहेको छ ।

उपाध्यक्ष
बहिर्गमी जनमुक्ति सेना नेपाल तथा अधिकारकर्मी