काठमाडौको बसन्तपुरमा यसरी मनाइयो होली

काठमाडौँ । आज फागु पर्व आर्थत (होली) फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको छ ।

आज काठमाडौका बिभिन्न ठाउँका साथै बसन्तपुर र न्युरोड क्षेत्रमा उल्लेख्य संख्यामा हर्षोल्लासका साथ होली पर्व मनाइएको
छ । आज हिमालीका साथै पहाडी जिल्लामा होली मनाइए पनि भोलि तराईका जिल्लामा होली मनाइने भएको छ । यस अवसरमा आज होली भएका जिल्लामा सरकारले सार्वजनिक विदा दिएको थियो भने भोलि तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ ।