हुम्लामा जीप दुर्घटना दुई जनाको मृत्यु ६ जना घाइते

सुर्खेत। हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्।

उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

अदानचुलीको श्रीनगरबाट वडा नम्बर(५, को बारीगाउँ जाँदै गरेको सु००१ ज ११८३ नम्बरको बोलेरो जीप चार बजेतिर दुर्घटनामा परेको हो । जीप सडकभन्दा केही तल खसेको छ।