रुकुमबाट काठमाडौ आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना ३१ जनाको उद्धार ७ जनाको मृत्यु

बाग्लुङ । रुकुमबाट बागलुङ हुँदै काठमाडौ आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ भने ७ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

काठमाडौ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

हालसम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको बागलुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।