भोजपुरको टक्सार बजारमा आगलागी लाखौको धनमाल क्षति

विराटनगर । भोजपुर नगरपालिका–१२ टक्सार बजारका केही घरमा आगलागी भएको
छ । आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।

मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि लाखौँको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तीव्र रूपमा हुरी बतास चलिरहेको कारण आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।