काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति नजनाए विश्वासको मत नदिने बताएको छ ।
सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले एकीकृत समाजवादीले राखेका मागमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए ।
उनले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने बताए । उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए ।
उनले भने, ‘भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका
छैनौँ । हामीले भनेको केही कुरामा उहाँले लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’