दमौली । तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा आज जलेर दुई घाइते भएका छन् ।
पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।