कसरी नियन्त्रण गर्ने उच्च रक्तचाप

उच्च रक्तचाप दुई प्रकारका हुन्छन्। ९० प्रतिशत उच्च रक्तचाप हुनुको कारण अहिलेसम्म थाहा छैन। १० प्रतिशत उच्च रक्तचापको कारण मात्र थाहा छ। त्यो १० प्रतिशत कारणमध्ये सबभन्दा धेरै हुने कारण उमेर जति बढ्दै गयो रगतको नली साह्रो हुँदै जान्छ। त्यसको इलास्टिसिटी कम हुने हुनाले ब्लड प्रेसर बढ्दै जान्छ।

सबभन्दा धेरै हुने अर्को कारण भनेको मिर्गौलामा यदि पत्थर भयो अथवा मिर्गौलामा जाने रगतको नली खुम्चियो भने पनि उच्च रक्तचाप हुन्छ।

उच्च रक्तचापको सम्बन्ध मुटुसँग मात्र नभएर मस्तिष्कसँग पनि छ। उच्च रक्तचापलाई दुई तरिकाले नियन्त्रण गर्न सकिन्छ।

रक्तनली खुम्चिन नदिनु र पानी धेरै नपिउने। रक्तनली खुम्चिन नदिन औषधि प्रयोग गर्न सकिन्छ। साथै ध्यान पनि गर्न सकिन्छ।

उच्च रक्तचापको कारण पत्ता लागेपछि डाक्टरको सल्लाहबमोजिम औषधि छाड्न पनि सकिन्छ। तर कारण पत्ता लागेको छैन भने आफूखुसी औषधि छाड्न हुन्न।

उच्च रक्तचापलाई लापरबाही गरे सबभन्दा पहिला मस्तिष्कमा असर गर्न सक्छ। त्यसपछि आँखा, मुटु, मिर्गौलालगायत शरीरका अन्य भागमा असर गर्छ।

सेतोपाटीबाट