Breaking News

नयाँ मन्त्रीमण्डल गठन हुँदै : एमालेबाट पदम गिरी, माओवादीब्ँट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई बिना विभागीय मन्त्री बन्दै

काठमाडौँ । नयाँ मन्त्रीमण्डल गठन हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले एमालेबाट पदम गिरी, माओवादीब्ँट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

ती मन्त्रीको आजै पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।