Breaking News

माओवादी–काँग्रेससहितको सत्ता गठबन्धन भत्किदै माओवादी–एमाले सहितको नयाँ सत्ता गठबन्धन : आजै सानो आकारको मन्त्रीमण्डल गठन

२१ फागुन, काठमाडौं । एकाएक माओवादी–काँग्रेससहितको सत्ता गठबन्धन भत्किएर माओवादी–एमाले सहितको नयाँ सत्ता गठबन्धन बनेको छ । पहिल्यैेदेखि चलिरहेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति आज जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको हो ।

हिजो आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने बताइएको छ ।

त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) लाई पनि समेट्ने सहमति भएको छ ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन हुँने स्रोतले बताएको छ ।