Breaking News

‘घुमौं भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन हुँदै

१८ फागुन, चितवन । भरतपुर महानगरपालिकाले आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गदैछ । महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज औपचारिक उद्घाटन गर्दैछ ।

नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रण गरिएको छ ।

उद्घाटन समारोहमा प्राय सबै पूर्वप्रधानमन्त्रीहरुले सम्बोधन गर्ने भएकाले आजको सो कार्यक्रममा सबैको चासो रहेकोे
देखिन्छ । कार्यक्रममा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी पनि छ ।

समारोहमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु सहभागी हुने भए पनि बामगती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेललाई मात्रै शुभकामना दिन लगाइने छ ।

त्यस्तै अन्य .उद्योगी र व्यापारीलाई समेत निमन्त्राण गरिएको छ । कार्यक्रममा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ ।

उद्घाटन समारोह पछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।