Breaking News

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी माग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना कर्मचारी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १-१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको छ । त्यस्तै, विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि दस्खास्त आह्वान गरेको छ । एभिएशन फायर सर्भिसेसतर्फ पनि १७ जना प्राविधिक सहायक माग गरेको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने प्राधिकरणले जनाएको छ ।