Breaking News

विज्ञापन बोर्डले कोकिल मिडियालाई दश हजार रुपैया जरिबाना र ०८१ असार मसान्तसम्म विज्ञापन कारोवार रोक्‍का

काठमाडौ । विज्ञापन बोर्डले अनामनरमा रहेको कोकिल मिडियालाई कारवाही गर्दै १० हजार जरिवना र ०८१ असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्‍का गर्ने निर्णय गरेको छ। कोकिलले नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीले २०८० असोज १२ गते गरेको सम्झौतामा उल्लेखित रकम भन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको
आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको हो।

कोकिकले केन्द्रसँग विज्ञापन प्रसारणवापत प्रति स्पट रु.१०६.६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु.११.११ मा प्रसारण आदेश दिई प्रति स्पट रु.९८.५०अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको हो।

साथै कोकिल मिडिया, अनामनगरले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमामात्र विज्ञापन प्रसारणको आदेश दिएको पाईएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७९पहिलो संशोधनसमेत० को नियम ११ख को उपनियम ९१० बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्‍का राख्‍ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ ।

कोकिल मिडिया, अनामनगर, विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकुबाट ५२ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएकोमा २० वटामा मात्र प्रसारणको आदेश पठाई ३२ वटा रेडियोमा प्रसारण आदेश नै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्याधिक ९८६.५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानविनका क्रममा पाईएपछि उपरोक्त कारबाही गरिएको हो ।

साथै बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६, विज्ञापन९नियमन गर्ने० नियमावली, २०७७ को नियम नियम ४ क. र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ को दफा १९ को (क) र (ख) बमोजिम बोर्डमा सूचीकृत नै नभएको विज्ञापन एजेन्सी कोकिल मिडिया, अनामनगर, काठमाडौ तथा बोर्डमा सूचीकृत नभएका ८ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्ने कार्यादेश दिएको पाइएकोले अब आईन्दा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्‍चार माध्यमसंग मात्र विज्ञापन कारोवार गर्न गराउन विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट बमोजिम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिने निर्णय गरेको छ।

विज्ञापन ९नियमन गर्ने० नियमावली, २०७७ (पहिलो संशोधन समेत) को नियम ६क। को उपनियम २ र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ को दफा २६ मा रहेको सरकारी निकायले विज्ञापन एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्‍चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि सहित त्यस्तो एजेन्सीको सेवा शुल्क खुल्ने गरी सो एजेन्सीले जारी गरेको बिल बमोजिम भुक्तानी गर्नुपर्ने व्यवस्था विपरित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौँले कोकिल मिडिया, अनामनगर, काठमाडौँसँग मिति २०८०/०६/१२ मा सम्झौता गरेको पाईएकोले विज्ञापन वापतको रकम भुक्तानी गर्दा सञ्‍चारमाध्यमको बिजकको प्रतिलिपि सहित एजेन्सीको कमिशन खुल्ने बिजकको आधारमा मात्र भुक्तानी गर्ने गराउने ब्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिने निर्णय समेत बोर्डले गरेको छ ।

बोर्ड बैठकले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौँ र कोकिल मिडिया बीच मिति २०८०र०६र१२ मा भएको सम्झौताको बुँदा नं ४ बमोजिम उक्त एजेन्सीले रेडियो सन्देश प्रसारणको कार्य सम्पन्न नगरेकोले सम्झौताको बुँदा नं ७ बमोजिम कोकिल मिडिया, अनामनगरलाई नियमानुसार कारबाही गर्न राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

कोकिल मिडियाले २०८० साल असोज १६ गते २० वटा एफएम रेडियोलाई ९ दिनमा दिनको १० स्पटका दरले ९० स्पट विज्ञापन प्रसारणका लागि आदेश पठाएको र उक्त आदेशमा सो विज्ञापन प्रसारण गरेवापत एक हजार रुपैया भुक्तानी गर्ने उल्लेख भएपछि एफएम रेडियोहरुको तर्फबाट बोर्डमा मिति २०८० साल असोज १८ गते उजुरी प्राप्त भएको थियो । उक्त उजुरी उपर छानविन गर्न बोर्डले २०८० असोज २३ गते तीन सदस्यीय छानविन समिति गठन गरी विस्तृत छानविन गरेको थियो। छानविनको क्रममा अत्याधिक सेवा शुल्क लिने, तोकिएका सबै सञ्‍चार माध्यममा विज्ञापन प्रसारण नगर्ने तथा नियमानुसार सूचीकृत भएका विज्ञापन एजेन्सी र सञ्‍चारमाध्यमसंग मात्र विज्ञापन कारोवार गर्नु पर्नेमा त्यसो गरेको नपाइएपछि कोकिल मिडियालाई कारवाही गरिएको हो।

बोर्डबाट उपरोक्त बमोजिम कारवाहीको निर्णय भएकोले २०८१ साल असार मसान्त सम्म कोकिल मिडियासंग कुनै पनि प्रकारको विज्ञापन कारोवार नगर्न नगराउनु हुन सबै विज्ञापनदाता तथा सञ्‍चार माध्यममा अनुरोध समते गरेको छ।