‘मायाको झल्को’ बोलको कौडा गीत सार्वजनिक ( भिडियो )
शेखर, सुष्मा र अस्मिता फिचर्ड ‘मायाको झल्को’ सार्वजनिक ( भिडियो )
काठमाडौं – गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ। गीतलाई स्वयम् गायक मगरले संयोजन गरेका हुन्।
मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ। भिडियोमा बिजय लामाले छायाँकन रहेको छ। अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई शेखर घर्ति मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो ‘अविनास थापा मगर’ च्यानल मार्फत सार्वजनिक भएको हो।