२३ माघ, काठमाडौं । काठमाडौ महानगरको महानगरीय प्रहरीले शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई आज बिहान हटाएको छ । नगर प्रहरीकोले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन् ।
शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका करिब २५ जना बसिरहेका थिए। महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरु गएर सामान फालिदिएको छ भने पकाएको भात पनि खान दिएन। दुर्व्यवहार पनि भएको भर्नामा बसेकाहरुले बताएका छन्् ।