कारागारमा रहेका एक कैदीलाई कोरोना देखिएपछि बैतडी प्रहरी कार्यालय सिल

९ जेठ, कैलाली । कोरोना भाइरसले संक्रमित जेल्ने क्रममा जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । शिवनाथ गाउँपालिका १ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ ।

संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण माग गरिएको छ । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

३ दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडी मार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो ।