थप २० जना कोरोना संक्रमित भेटिएको पुष्टि

९ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज थप २० जनामा संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।