काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ । यतीले हिजो दुईवटा ‘एटिआर७२–५००’ सिरिजको ७२ सिट क्षमताको जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो ।
जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ । यी जहाज बिहीबार साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको
हो ।
हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ ।