Breaking News

भोलिदेखि सरकारी कार्यालयको कामकाज सेवा ५ बजेसम्म

१५ माघ, काठमाडौं । भोलिदेखि सरकारी कार्यालयको कामकाज सेवा ५ बजेसम्म चल्ने । विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ५ बजे बन्द हुने छ ।

१६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार भोलिदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने प्रचलन छ ।