Breaking News

प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन हुने खुलसा

बारा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । उनले आज बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा सहभागी हुन आज प्रचण्ड वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रममा प्रचण्डले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।