जोर्डन । जोर्डन र सिरियाको सीमा नजिकै रहेको अमेरिकी सैन्य बेसमा भएको ड्रोन हमलामा कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
यता जोर्डनले यो हमला आफ्नो देशभित्र नभएर सिरियामा भएको बताएको छ । यो क्षेत्रमा यसअघि पनि ड्रोन हमलाहरू हुने गरेका थिए । तर, अमेरिकी सेनाले हालसम्म पनि हताहतको रिपोर्ट सार्वजनिक गरेको थिएन ।
यो हमला कसले गर्यो भन्ने हालसम्म खुलेको छैन । तर, राष्ट्रपति बाइडेनले घटनामा जिम्मेवारहरूलाई सजाय दिइने स्पष्ट पारे ।