अग्र पंतिमा खटिने पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोनाको उच्च जोखिममा

८ जेठ, काठमाडौं । स्वास्थ्य क्षेत्रको पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाको दृटिकोणले अग्रभागमा रहेका सुरक्षाकर्मी र सूचनको प्रत्याभूति दिलाउन सदवै दिनरात नभनि सूचना संकलनमा सूचिकृत गर्ने सञ्चारकर्मीहरुलाई कोरोना भाइरसको जोखिम ज्यादै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बढी जोखिममा देखिएका छन् । लकडाउनको ५९ औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमण देखिएका अन्य जिल्लामा पनि सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छ । लकडाउनको लामो समयसम्म चुपचाप बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । जोखिममा रहेर पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको मन्त्रालयकाले बताएको छ ।

कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनुभन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको हो । सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह समेत गरिएको छ ।

सहप्रवक्ता अधिकारीले स्वास्थ्यकर्मीहरुलाई समेत सावधान भएर उपचारमा खटिन आग्रह गरेका छन् । आफुले जानेका कुराहरु सावधानीका साथ व्यवहारमा लागू गर्न उनले आग्रह गरे । मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौंमा २, कपिलवस्तुमा २, धनकुटा र बारामा १र१ जनामा प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १÷१ जना सशस्त्र प्रहरीलाई पनि संक्रमण देखिएको छ । प्रदेश नम्बर २ मा भने नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

फिल्डमा कम जनशक्ति परिचालन गर्ने र कार्यावधि बढाई सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन पनि दिएका छन् । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटी अन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसबाट सुरक्षाकर्मीहरुले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र काम गर्नुपर्ने देखिन्छ ।