गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन, यस्ता समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न आग्रह

स्वास्थ्य मन्त्रालय

७ जेठ, काठमाडौं । आज दिनभरी प्रायजसो अनलाईन मिडियाहरुले रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु भएको अफहा फौलाउदै समाचार प्रकाशन गरे । तर त्यसको केही समयपछि अस्पतालले यस बारेमा आफूलाई थाहा नभएको र बिरामीको मृत्यु नभएको जनाएको छ ।

आज बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ ।

यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएको भनेर अनलाईन मिडियाहरुले बिरामीको मृत्यु भइसकेको समाचार बनाए ।

मन्त्री बरालले दिएको सोही सूचनाका आधारमा प्राय धेरै अनलाई मिडियाले कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु शीर्षकमा समाचार लेखे पनि ।

अस्पतालले बिरामीको मृत्यु नभएको विज्ञप्ति निकालेपछि अनलाईन मिडियाहरु एक छिन त रणभुलमा नै परे । तर पछि मन्त्रालयका प्रवक्त डा.विकास देवकोटाले संक्रमितको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउँर्दै यो भन्दा पहिले पनि सञ्चारमाध्यमहरुमा विभिन्न कुराहरु आएको उल्लेख गर्दै उनले संवेदनशील घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न पनि आग्रह गरेका थिए ।

प्रवक्ता देवकोटाले ‘क्रिमसन अस्पतालमा उपचारको क्रममा रहेका व्यक्ति भेन्टिलेटरमा रहनुभएको छ । स्वास्थ्य अवस्था गम्भिर रहेको छ । यो भन्दा अगाडी पनि विभन्न सञ्चार माध्यममा विभिन्न कुरा आएका थिए । यस्ता समाचार प्रकाशन र प्रसारण गर्दा आधिकारिक सूचना प्रकाशन भएपछि मात्र गर्न आग्रह गर्दछु । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।

त्यसैले हामीले त्यो समाचार प्रकाशन नगरे पनि यस घटनाप्रति दुःख प्रर्कट गर्दै आगामी दिनमा यस्ता खालका बिना तथ्य, सत्य र भ्रमपूर्ण समाचार प्रकाशन, प्रशारण नहोस् भन्न चाहन्छौं ।