आजको लागि तरकारी मुल्य यसप्रकार छ

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैँया रहेको बताएको छ।

समितिको सोमबारको मूल्यसूचीअनुसार भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ।

स्थानीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १० र अधिकतम १८ रुपैयाँ छ।

टनेलको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १२ रुपैयाँ र अधिकतम २२ रुपैयाँ छ।

तराईको सानो गोलभेँडाको मूल्य प्रतिकिलो १५ र अधिकतम २५ रुपैयाँ छ।

रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३४ र अधिकतम ३६ रुपैयाँ छ। भारतीय रातो आलुको मूल्य भने केही सस्तो छ। भारतीय रातो आलुको मूल्यको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ३२ रुपैयाँ छ।

भारतीय सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ९० र अधिकतम ९५ रुपैयाँ छ। चिनियाँ सुकेको प्याजको न्यूनतम मूल्य ६० रुपैयाँ र अधिकतम ६५ रुपैयाँ छ।

स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो २५ र अधिकतम ३५ रुपैयाँ छ।

ज्यापु काउलीको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ।