Breaking News

एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट सावित्री मल्ल र बागमतीबाट घनश्याम रिजाललाई टिकट

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि एकीकृत समाजवादीले आफ्नो भागमा परेको दुई उम्मेदवारको टुंगो लगाएको छ।

एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ।

कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो।