Breaking News

नेपाली बजारमा सुनको मुल्य बढ्दो आज प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार

नेपाली बजारमा सुनको मुल्य एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो।