काठमाडौं । कुनैबेला नेटवर्किङ ठगीदेखि ‘मान्छेको जातै हुँदैन’ भन्दै अभियान चलाएका पुष्पराज पौडेल उर्फ पुष्पराज पुरुष अहिले राजनीतिक तथा धार्मिक खरो अभियन्ता बनेका छन् । र, उनी राजतन्त्र पुर्नस्थापना र हिन्दू राष्ट्रको चर्को भाषण गर्छन् ।
यसअघि पुष्पराजले आफूलाई संगत संस्कृतिका संयोजक र धार्मिक अभियन्ता एवं साधकका रुपमा चिनाउँथे । उनी मान्छेको गोत्र (जात) ‘स्त्री’ र ‘पुरुष’मात्र हुने तर्कसहित अभियान चलाउँथे । अहिले तिनै पुष्पराज पुरुष राजसंस्था पुर्नस्थापना र हिन्दू राष्ट्रको उजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता छन् ।
राप्रपाले उनलाई धर्म र संस्कृति हेर्ने संगठनको अध्यक्षसमेत बनाएको छ । पुष्पराज राप्रपाको केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष हुन् । राप्रपामा प्रवेश गर्नुअघि पुष्पराज सन्यासी बनेका थिए ।
सन्यासी किन बने रु त्यो विविध कारण छन् । तर, राप्रपाले ‘सन्यासी’ पुष्पराजलाई टपक्क टिपेर नेता बनाएर धर्म प्रचारमा अगाडि सारेका छन् । कलाकारसमेत रहेका पुष्पराजले जतिखेर ‘स्त्री’ र ‘पुरुष’को अभियान चलाएका थिए, त्यतिखेर उनी सन्यासी बनेका थिए ।
आफ्नो सबै कर्ममा असफल भएपछि उनी सन्यासी बनेका हुन् । उनले जीवनमा अनेक उताव–चढाव भोगेका छन् । उनी न नेटवर्किङ धन्दामा सफल भए, न त अरु व्यवसायीमा नै । फिल्ममा ‘हिरो’ बन्ने उनको सपनासमेत चक्नाचुर बनेको थियो ।
एक समय हर्बो इन्टरनेशनल नामको नेटवर्किङ व्यवसायीमार्फत ठगी धन्दामा उनी सक्रिय भएका थिए । तर, हर्बोमाथि सरकारले रोक लगायो । जनता ठग्ने व्यवसायीमा समेत उनी असफल भएपछि ‘जय संगत’ अभियानमा लागेका थिए ।
उक्त संस्था अनाथ बालबालिकाका लागि आश्रम भनिएको थियो । सुरुका दिनमा केही बालबालिका आश्रित पनि थिए । उक्त संस्थामा एक मोडल तथा अभिनेत्री पनि संलग्न थिइन् । उनै अभिनेत्रीसँग मिलेर पुष्पराजले केही वर्ष ‘जय संगत’ अभियान
चलाए । त्यो समय पुष्पराज र ती अभिनेत्री आश्रममा सँगै बस्ने गर्दथे ।
उनीहरु अनाथ बालबालिकाहरुको हेरचाहको नाम जय संगत भन्दै ‘स्त्री’ र ‘पुरुष’ लेख्न उक्साउँथे । आफैँ पनि नामको पछाडि ‘पुरुष’ वा ‘स्त्री’ झुण्ड्याउँथे । पुरानो बानेश्वरको बतिसपुतलीस्थित राम मन्दिरनजिकै कार्यालय राखेर सुरु गरिएको ‘जय संगत’ संस्था हाल त्यस स्थानमा छैन ।
ठगी धन्दादेखि धार्मिक अभियन्तासम्म
कुनैबेला नेटवर्किङ व्यवसायीको नाममा ठगी गरेर उधुम मच्चाएको गोल्ड क्वेष्ट इन्टरनेशनलबाट पीडित बनेर कारबाहीको माग गर्दै पुष्पराज संघर्ष समितिको संयोजकसमेत बनेका थिए ।
तर, गोल्ड क्वेष्टबाट पीडित भनिएपनि न उनले आफ्नो गुमेको पैसा फिर्ता पाए, न त ठगीमा संलग्नमाथि कारबाही नै भयो । त्यसपछि पुष्पराजले हर्वो इन्टरनेशनल नामक नेटवर्किङ व्यवसायीको हर्ताकर्ता बनेर निस्के । तर, हर्बो पनि लामो समय
टिकेन ।
हर्वोको ठगी धन्दा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले छापा मा¥यो । र, हर्बोको नाममा करोडौं ठगी भइरहेको भन्दै प्रहरीले पुष्पराजको व्यवसायीमा रोक लगायो ।
सरकारले हर्बोमाथि रोक लगाएपछि पुष्पराज रनभूल्ल भए । नेटवर्किङ धन्दामा समेत असफल भएपछि जयसंगत नामको आश्रम खोलेका हुन् । सोही क्रममा पुष्पराजले ‘श्रीमान’ नामक चलचित्रसमेत बनाएका थिए ।
सन्यासी जीवन सुरु गरेपछि नै पुष्पराजलाई ‘हिरो’ बन्ने सुर चढेको थियो । जसमा ती अभिनेत्रीले थप उक्साएका थिए । र, पुष्पराज उक्त चलचित्रको शीर्ष भूमिका अर्थात श्रीमानको भूमिकामा देखिएका थिए । तर, चलचित्र फ्लप भयो । पछि जय संगतको कार्यालय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारमा सारे । उत्तिखेरै पुष्पराज अर्काको जग्गाको नक्कली कागजत बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।
पुष्पराजलाई अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा काठमाडौं प्रहरीले ११ वैशाख २०७५ मा काठमाडौंबाट पक्राउ गरेको थियो ।
हर्वो इन्टरनेशनल चलाउन पुष्पराजले ‘हाम्रो ग्रप अफ इन्भेष्टमेन्ट’बाट ऋण लिएका थिए । त्यसबेला उनी आफैं ‘हाम्रो ग्रप अफ इन्भेष्टमेन्ट’को अध्यक्ष थिए । हर्वो इन्टरनेश्नल चलाउनलाई लिएको ऋण फिर्ता दिन नसक्ने भएपछि उनले त्यसवापतको जग्गा दिने बताएका थिए ।
पर्सामा ८ करोड ३७ लाख रुपैयाँ मूल्याँकन गरिएको जग्गा दिएपछि पुष्पराज कम्पनीबाट अलग्गिए । पुष्पराज अलग्एिपछि बनेको नयाँ समितिले ‘हाम्रो ग्रुप अफ कम्पनी’को नाम परिवर्तन गरेर ‘गोर्खा ग्रुप अफ कम्पनी’ बनाएको थियो ।
कम्पनीमा प्रोजेक्टहरु थप गर्ने सिलसिलामा तत्कालीन सञ्चालक समिति सदस्य कुमार रम्तेललाई जग्गा भएको ठाउँको ट्रेस, नक्सा र चारकिल्ला बुझ्न पठाउँदा पुष्पराजको ठगी कर्तुत बाहिरिएको थियो । पुष्पराजले दिएको भनिएको जग्गाको अस्तित्व नै नपाएपछि पीडितले दिएको जाहेरीका आधारमा पुष्पराजलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसरी नेटवर्किङ व्यवसायीको नाममा ठगी धन्दादेखि ‘सन्यासी’सम्म बनेका यिनै पुष्पराज अहिले राप्रपाको केन्द्रीय सदस्य
छन् । जो राजतन्त्र पुर्नस्थापना र हिन्दू राष्ट्रको चर्को भाषण गर्न थालेका छन् ।
राप्रपामा विवादित
पुष्पराज पार्टीमा पनि विवादित छन् । उनलाई केन्द्रीय सदस्य मनोनित गर्दा पार्टीभित्र विवाद उत्पन्न भएको थियो । राप्रपाले पुष्पराजलाई २०७९ असारमा केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । तर, विवादित पृष्ठभूमिका कारण पुष्पराजलाई पार्टीमा स्थान दिन नहुने भन्दै केन्द्रीय तथा केही पदाधिकारीले प्रश्न उठाएका थिए ।
पुष्पराजको पृष्ठभूमि ठगी र भ्रष्टाचारसँग जोडिएको भन्दै राप्रपामा विवाद सिर्जना भएको थियो । विवाद गर्नेहरुले विभिन्न नेटवर्किङ व्यवसायीमा संलग्न हुँदा पुष्पराजले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको भन्दै अध्यक्षसँग असन्तुष्टि जनाएका थिए ।
‘भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर’ अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनका बेला बताएका थिए । अध्यक्षको उक्त भनाइअनुसार विवादित पृष्ठभूमिका पुष्पराजलाई केन्द्रीय सदस्य मनोनित गर्न नहुने उनीहरुको भनाइ थियो । तर, अध्यक्ष लिङ्देनले सदस्यहरुको कुरा नसुनी पुष्पराजलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । दृष्टिबाट