धनकुटामा १ जना प्रहरी र ३ जना स्वास्थ्यकर्मी र १ जना पुरुषमा कोरोना संक्रमित

६ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा संक्रमण देखिएको छ । अरु चार जनाान एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान रहको छन् ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि हुन बाँकी छ ।