महासंघकै भूतपूर्व अध्यक्षद्धारा काठमाण्डौ शाखाको लोगो दुरुपयोग गरी प्रेस ज्याकेट छपाई

६ जेठ, काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाको लोगो दुरुपयोग गरि प्रेस ज्याकेट बनाएर अनधिकृत रुपमा वितरण गरेको पाइएको छ । नियामक निकायका व्यक्तिबाटै नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाको लोगो दुरुपयोग भएको हो ।

बजारमा काठमाडौ शाखाको ज्याकेट देखिन थाले पछि काठमाडौ शाखाका पदाधिकारी र कार्यसमिति सदस्यहरु नै चकित परेका छन् । ७७ जिल्लाकै ठूलो र करिब १५ सय जति शाखा सदस्य रहेका पत्रकारहरुलाई समेत प्रेस ज्याकेट दिन नसकिएको बताउँदै आएको पत्रकार महासंघले थपिदै आएको लकडाउनको समयमा शाखाका पत्रकारहरुले प्रेस ज्याकेटको माग राख्दा शाखाले नयाँ ज्याकेट नबनाएको भन्दै आएको भएपनि एकाएक बजारमा एफएनजे–काठमाडौं लेखिएका ज्याकेटहरु पाउन थाले पछि काठमाडौँ शाखाका कार्यसमितिका पदाधिकारी नै रनभूलमा परेका छन ।

काठमाडौ शाखाका पुर्वअध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले शाखाको लोगो दुरुपयोग गरि काठमाडौ शाखालाई जानकारी नदिई ज्याकेट बनाएका थिए ।

महासङ्घ काठमाडौ शाखाको कार्यसमितिको लाचारीको कारण बजारमा शाखाको लोगो अंकित प्रेस ज्याकेट दुरुपयोग भएको महासंघ काठमाण्डौं शाखाका सदस्यहरु बताउँछन् ।

चौलागाईंले आफ्नो सस्था संचार केन्द्रको कार्यालयमा महासङ्घ काठमाडौ शाखाको लोगोसहितको प्रेस ज्याकेट बुझेको तस्विर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त तस्विरमा काठमाडौ शाखाको लोगो भएको प्रेस ज्याकेट डाक्टर जगदीश बैद्यले गोविन्द चौलागाईंलाई हस्तान्तरण गरेको देखिन्छ ।

जिल्लाको लोगो दुरुपयोग गर्नु अनैतिक भएको उक्त घटना हो यस बारेमा काठमाणडौ शाखाले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनु जरुरी छ ।
नियम अनुसार सम्पुर्ण जिल्ला शाखा, प्रदेश, एसोसिएट र महासङ्घ केन्द्र बाहेक अरु कसैले पत्रकार महासङ्घको लोगो राखेर ज्याकेट बनाउन पाउदैन । कसैले बनाउन चाहे शाखाको स्वामित्व हुनेगरि स्वीकृत लिई सम्बन्धित शाखालाई बुझाउनु पर्ने व्यवस्थाको जानकार स्वयम भूतपुर्व शाखा अध्यक्षलाई थाहा हुँदाहुँदै पनि किन यसो गरे त यस बारेमा पत्रकार महासंघ, महासंघ काठमाण्डौं शाखा र समग्र पत्रकारहरुको सोधनीय र खोजिनीतिको बिषय भएको छ ।