पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज ९बुधबार० बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो । पुनले भोलि पदभार ग्रहण
गर्नेछन् ।

यसका साथै परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्रीवितरणमा बन्देज गर्ने निर्णय र पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोस्टहरु निर्माण गर्नेसमेत निर्णय गरेको छ