Breaking News

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । रुसी सेनामा आवद्ध नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

त्यस्तै, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पुनःअनुरोध गरिएको मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको
छ ।