Breaking News

छैटौँ राष्ट्रिय झण्डा दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज काठमाडौँमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम आयोजना गरि यस दिवस मनाइएको हो ।

‘हाम्रो सान हाम्रो स्वाभिमान, राष्ट्रिय झण्डा हाम्रो पहिचान’ नारा दिइएको कार्यक्रम आइतबार बिहान बसन्तपुर डबलीबाट र्‍यालीसहित रत्नपार्कको शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिष्ठानले हरेक वर्ष पुस १ गते राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोसाक दिवस मनाउँदै आएको छ ।