२९ मंसिर, पर्वत । नेपाली काँग्रेस पर्वतको प्रदेससभा (क) को क्षेत्रीय सम्मेलनको तयारी व्यापक गरिएको छ । आउदो पुस १ र २ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी गरिएको छ ।
कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि तथा अतिथिहरुहरुको व्यवस्थापन लगायत सवैजसो तयारी भैरहेको आज आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति राजकुमार क्षेत्रीले जानकारी दिएका छन्।
प्रथम क्षेत्रीय सम्मेलन लाई सम्बोधन गर्न काँग्रेस महामन्त्री गगन थापा आउनुहुने भएको बताइएको छ । सम्मेलनमा महामन्त्री थापासँगै केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायत केन्द्र र प्रदेश तहका अन्य नेताहरु समेत सहभागि हुने भएका छन् ।
संगठनलाई गतिशील र प्रभावकारी बनाउने उद्देश्यले विधानमा भएको व्यवस्थाअनुसार पार्टीले सबैतहका सम्मेलन गर्ने अभियानमा जुटेको नेपाली काँग्रेस प्रदेश सभा सभापति क्षेत्रीले जानकारी दिए । ‘पार्टी विधानले निर्देशन गरेको नियमित कार्यक्रम भएपनि पहिलो पटक सम्मेलन गर्न लागिएकोले यसको विधिवत प्रक्रियाका वारेमा धेरै साथीहरूलाई अलमल छ ।
सम्मेलनमा पार्टी सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछभने पार्टीले आगामी दिनमा गर्ने सांगठनिक कामहरू र रणनीतिक योजनाहरूलाई समेत यो सम्मेलनले पारित गर्ने छ ।
सम्मेलनमा कुश्मा, जलजला र मोदीका क्षेत्रीय अधिवेशन प्रतिनिधि गरी झण्डै साढे ६ सय जनाको सहभागिता रहने बताइएको छ ।