नेपाली बजारमा आज एकैदिन सुनको भाउ प्रतितोला २८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) एकैदिन सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार हिजो बुधबारको तुलनामा तुलनामा २८ सयले मूल्य बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।

आज चाँदीको पनि बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला थियो । जुन, आज १४ सय ५५ रुपैयाँ कायम भएको छ ।