अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च

बिहीबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।

बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। गत मंगलबार डलरको भाउ १३३ रुपैयाँ ७४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य १ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ताेकेकाे विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर  १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १६ पैसा तोकिएको छ।

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५० पैसा तोकिएको छ। अघिल्लो दिन स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ११ पैसा तोकिएको थियो।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ २५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ६५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४३ पैसा पाइन्छ।

यस्तै कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा बिहीबार ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने २८ रूपैयाँ २९ पैसा र बिक्रीमा २८ रूपैयाँ ४२ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८२ पैसा पाइन्छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७९ पैसा तोकिएको छ।