विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार

२५ मंसिर, विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा हिजो साँझ गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको हो ।